विद्युतीय गाडीमा बढाइएको कर पुर्नविचार गरिने

<p>काठमाडौं । उर्जा जलस्रोत तथा सिचाईँ मन्त्री वर्षमान पुनले विद्युतीय गाडीमा बढाइएको करमा पुर्नविचार गरिने बताएका छन् । सोमबार विद्युत प्राधिकरणको ३५औं वार्षिकाेत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सो कुरा बताएका हुन् । ‘विद्युतीय उर्जाको उत्पादन बढिरहेको छ, बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न मिल्दैन, बढाइएकाे करकाे बारेमा पुर्नविचार गरिन्छ,’ उनले भने । [&hellip;]</p>

काठमाडौं । उर्जा जलस्रोत तथा सिचाईँ मन्त्री वर्षमान पुनले विद्युतीय गाडीमा बढाइएको करमा पुर्नविचार गरिने बताएका छन् । सोमबार विद्युत प्राधिकरणको ३५औं वार्षिकाेत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सो कुरा बताएका हुन् ।

‘विद्युतीय उर्जाको उत्पादन बढिरहेको छ, बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न मिल्दैन, बढाइएकाे करकाे बारेमा पुर्नविचार गरिन्छ,’ उनले भने ।

उनले विद्युतीय गाडीमा भएको कर वृद्धिको सम्बन्धमा मन्त्रालयगत रुपमा छलफल भइरहेको समेत बताए । यसअघि चालु आवकाे बजेट मार्फत अर्थमन्त्री डा‍.युवराज खतिवडाले विद्युतिय गाडीमा  कर बढाइने बताएका थिए ।

यस्तै, उनले कार्यक्रममा प्राधिकरणले अझै शसक्त भएर अगाडि बढ्नु पर्ने बताएका छन् । प्राधिकरणले हालसम्म गर्व गर्न लायक सफलता हासिल गरेका बताउँदै उनले अझै थप चुनौती तुनाैतीहरु पनि थपिएकाे उनले बताए ।

देशमा विद्युतीकरण गर्न बाँकी १० प्रतिशत घरपरिपरिवार माझ विद्युत सेवा पुर्याउन पनि अब चुनाैती रहेकाे उनकाे भनाई छ ।

यो सबै पोलिटिकल भिजनले सम्भव भएको बताउँदै उनले सम्वृद्ध नेपाल सुखी नेपालको नारा साकार गर्न विद्युतलाई पनि प्राथमिकता दिनु पर्ने बताए ।
‘सबैकाे मेहेनतले आजको अवस्था बन्यो, मैले पनि उदारताका साथ नेर्तत्व गरेको छु, पछि ३५ अर्ब घाटामा गएको प्राधिकरण अहिले अहिले ५ अर्ब सञ्चित नाफामा गर्न सफल भएको छ,’ उनले भने ।

Share News