काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेकाे छ । बोर्डकाे साेमबार बसेकाे बैठकले एसईईको नतिजा प्रकाशित गरेकाे हाे ।
बाेर्डकाे एक सदस्यकाे अनुसार नतिजा वेभसाईटमा सार्वजनिक गर्न केही घण्टा लाग्ने छ । विद्यार्थीहरुले केही घण्टामा यस लिंकमा गएर एसईईकाे नतिजा हेर्न सक्नेछन् अथवा माेबईलकाे म्यासेज बक्समा गई एसईई टाईप गरी स्पेस दिएर सिम्बल नं टाईप गरी ३५००१ मा पठाई पनि हेर्न सक्नेछन्।
चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा हुन एकदिन अगाडि स्थगित गरेकाे थियो ।
कोभिड–१९ संक्रमणका कारण यस वर्ष एसईईको परीक्षा स्थगित गर्दै सरकारले विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा विद्यार्थीलाई अंक दिने निर्णय गरेको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।