काठमाडाैं । कोरोनाको संक्रमण फैलिएकाे कारण पाेखरामा आज रातिदेखि निषेधाज्ञा लागू गरिने भएकाे छ । पोखरा महानगरले आज राति १२ बजदेखि भदाै ८ गतेसम्म लागु हुने गरी निषेधाज्ञा लागू गर्ने जनाएकाे छ ।
पोखरामा सोमबार बिहानसम्म २०४ कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म एक सय २७ जना निको भएर घर फर्किसकेका छन् । शनिबार र आइतबार मात्र पोखरामा ४९ जना संक्रमित थपिएका थिए ।