टिभिएसले आज फेसबुक लाईभ मार्फत नयाँ मोटरसाइकल सार्वजनिक गर्दै

<p>काठमाडाैं । अन्तराष्ट्रिय अटोमोबाइल कम्पनी टिभिएस् मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले स्मार्ट कनेक्ट र एबिएस् सहितको आफ्नो २०० सिसिको नयाँ मोडल सोमबार सार्वजनिक गर्ने भएको छ। मोटरसाइकलमा भएका स्मार्ट सुविधा र महामारिको वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथम पटक लाईभ स्मार्ट लन्चमार्फत सार्वजनिक गर्न लागेको हो । सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक [&hellip;]</p>

काठमाडाैं । अन्तराष्ट्रिय अटोमोबाइल कम्पनी टिभिएस् मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले स्मार्ट कनेक्ट र एबिएस् सहितको आफ्नो २०० सिसिको नयाँ मोडल सोमबार सार्वजनिक गर्ने भएको छ।

मोटरसाइकलमा भएका स्मार्ट सुविधा र महामारिको वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथम पटक लाईभ स्मार्ट लन्चमार्फत सार्वजनिक गर्न लागेको हो ।

सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज लगायत अन्य १०० भन्दा ज्यादा चर्चित फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनिले जनाएकाे छ ।

उक्त लाईभ स्मार्ट लन्च कार्यक्रमकाे उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले गर्नेछन् भने कार्यक्रममा चर्चित कलाकार स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राईले रोमाञ्चक सांगीतिक प्रस्तुति दिनेछन्।

Share News