पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, प्रतिलिटर कति ?

<p>काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । निगमका अनुसार यी सबै पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

निगमका अनुसार यी सबै पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ ।

निगमले भारतबाटै नेपाल आउने तेलको मूल्य बढेर आएकाले उक्त पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य समायोजन भएको छैन ।

Share News