हेल्लो पैसा र जिएमई रेमिटबीच रेमिट्यान्स कारोबार शुरु

<p>काठमाडौं । विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी हेल्लो पैसा र जिएमई रेमिट प्रा.लिबीच रेमिट्यान्स सम्झौता भई कारोबार शुरु भएको छ । उक्त सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक श्री अहेमेद शाजिम खमिसाले हस्ताक्षर गरेका हुन् । यससँगै, जिएमई रेमिटको माध्यमबाट विश्वभर रहेको हेल्लो पैसाका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलैसँग [&hellip;]</p>

काठमाडौं । विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी हेल्लो पैसा र जिएमई रेमिट प्रा.लिबीच रेमिट्यान्स सम्झौता भई कारोबार शुरु भएको छ । उक्त सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक श्री अहेमेद शाजिम खमिसाले हस्ताक्षर गरेका हुन् ।

यससँगै, जिएमई रेमिटको माध्यमबाट विश्वभर रहेको हेल्लो पैसाका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।

नेपालमा जिएमई रेमिटसँग आवद्ध ९००० भन्दा बढी एजेन्टहरुबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।

जिएमई रेमिटले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

Share News