
काठमाडां । सीआईबीको नाममा ठगी गर्न खोज्ने एक जना पत्रकार पक्राउ परेका छन् । उनलाई प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले आज पक्राउ गरेको हो ।
धादिङ्गकाे निलकण्ठ नगरपालिका वडा नं १४ घर भई हाल तारकेश्वर नपा. वडा नम्बर ११ नेपालटारमा डेरा लिई बस्ने र आफुलाई आलोचना साप्ताहिक पत्रिकाको सम्वाददाता भनी बताउने ३६ वर्षका शंकर प्रसाद अधिकारीलाई काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ बसुन्धराबाट पक्राउ गरिएकाे सीआईबीले बताएकाे हाे ।
अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउको लागि सि.आई.बि. मा पत्राचार भएको छ । मुद्दा हेर्ने सिआईबीका ईन्सपेक्टरले ५ लाख रुपैया दिएमा मुद्दा ढुस (रद्द) बनाउने नत्र कुनै पनि समयमा तपाईलाई प्रहरीले पक्राउ गर्छ भनी डर त्रास देखाई धम्क्यार्ई सिआईबीकाे नाममा रकम असूल गरी ठगी गर्न खोज्ने उनलाई पक्राउ गरेकाे सीआईबीले बताएकाे हाे ।
उनले अन्य व्यक्तिहरुलाई समेत विभिन्न बहानामा ठगी गरेको हुन सक्ने हुनाले सो सम्बन्धमा अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी बृत्त महाराजगंजमा पठाइएको बताइएकाे छ ।