काेराेना संक्रमित बढी देखिएपछि कलंकीमा अत्यावश्यक बाहेकका पसल बन्द

<p>काठमाडौं  । काठमाडौंकाे कलंकीमा अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएका छन् । काठमाडाैं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएका हुन्। कोरोना संक्रमितहरू धेरै बढ्न थालेपछि स्थानीय क्लब, स्थानियवासी, वडा कार्यालय र प्रहरीको समन्वयमा पसलहरू बन्द गरिएको हाे । अहिले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ। अन्य सबै [&hellip;]</p>

काठमाडौं  । काठमाडौंकाे कलंकीमा अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएका छन् । काठमाडाैं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएका हुन्।

कोरोना संक्रमितहरू धेरै बढ्न थालेपछि स्थानीय क्लब, स्थानियवासी, वडा कार्यालय र प्रहरीको समन्वयमा पसलहरू बन्द गरिएको हाे ।

अहिले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ। अन्य सबै पसल बन्द छन् ।

Share News