सेवाग्राीसँग घुस माग्ने नायव सुब्वा विरुद्द मुद्दा

<p>काठमाडौं । सेवाग्राहीबाट घुस माग्ने कैलाली जोशीपुर गाँउपालिकाका नायव सुब्बा सिद्धराज जोशी विरुद्द मुद्दा गरिएको छ । उनी विरुद्द अख्तियार दुरुपयाेग अनुसन्धान आयागले आज विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे । सिलाई कटाई तालिम, सैलुन तालिम र  चुरा बनाउने तालिमहरू दिई तालिम सफलता पुर्वक सम्पन्न गरी चेक भुक्तानी लिइसके पश्चात पनि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने [&hellip;]</p>

काठमाडौं । सेवाग्राहीबाट घुस माग्ने कैलाली जोशीपुर गाँउपालिकाका नायव सुब्बा सिद्धराज जोशी विरुद्द मुद्दा गरिएको छ । उनी विरुद्द अख्तियार दुरुपयाेग अनुसन्धान आयागले आज विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे ।

सिलाई कटाई तालिम, सैलुन तालिम र  चुरा बनाउने तालिमहरू दिई तालिम सफलता पुर्वक सम्पन्न गरी चेक भुक्तानी लिइसके पश्चात पनि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले उनलाई जोशीलाई घुस बापतको ८५ हजा रुपैयाँ सहित सहित नियन्त्रणमा लिई उनी विरुद्द मुद्दा दायर गरे को हो ।

अनुसन्धानको सिलसिलामा जोशीले जोशीपुर गाउँपालिकाको स्विकृत बार्षिक कार्यक्रम अनुसार जोशीपुर गाउँपालिकाको सिलाई कटाई, चुरा बनाउने तालिम सम्पन्न गरी भुक्तानी भएकोमा उल्लेखित तालिम प्राप्त गर्न तथा भुक्तानीको लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग रकम माग गरेकोमा रकम दिन इन्कार गर्दा उनले आगामी दिनहरुमा कामबाट बन्चित गराउनेसमेत पटक-पटक धम्काई रहेका थिए ।

जोशीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकोले निज सिद्धराज जोशीलाई बिगो ८५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हाे ।

Share News