भारतको केरलामा भएकाे विमान दुर्घटनामा १७ जनाको मृत्यु

<p>काठमाडाैं । शुक्रबार बेलुका भारतको दक्षिणी राज्य केरलाको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुबईबाट १९१ यात्रु बोकेर आएको हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो । अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो । दुर्घटनामा घाइते भएका १२३ जना [&hellip;]</p>

काठमाडाैं । शुक्रबार बेलुका भारतको दक्षिणी राज्य केरलाको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

दुबईबाट १९१ यात्रु बोकेर आएको हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो । अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो ।

दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ जसमा २० जना घाइते गम्भीर अवस्थाका छन् । बिबिसी

Share News