डिस होमले शुरु गर्याे इन्टरनेट सेवा

<p>काठमाडौं । डिस होमले इन्टरनेट सेवा शुरु गरेको छ। डिस मिडिया नेटवर्क लिमिटेडले फाइबर टु दि होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा शुरु गरेको हो। गत माघमा नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमति पाएको डिस मिडियाले शुरुमा काठमाडौं क्षेत्रमा मात्रै इन्टरनेट सेवा शुरु गर्ने बताएकाे छ । कम्पनीका अनुसार सुरुवाती चरणमा भैँसीपाटी, तिनकुने–बानेश्वर र कपन–बौद्ध क्षेत्र [&hellip;]</p>

काठमाडौं । डिस होमले इन्टरनेट सेवा शुरु गरेको छ। डिस मिडिया नेटवर्क लिमिटेडले फाइबर टु दि होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा शुरु गरेको हो।

गत माघमा नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमति पाएको डिस मिडियाले शुरुमा काठमाडौं क्षेत्रमा मात्रै इन्टरनेट सेवा शुरु गर्ने बताएकाे छ ।

कम्पनीका अनुसार सुरुवाती चरणमा भैँसीपाटी, तिनकुने–बानेश्वर र कपन–बौद्ध क्षेत्र गरी तीन स्थानमा सेवा विस्तार गरिएको कम्पनीका जनरल म्यानेजर रमेश सापकाेटाले बताए ।

सो कम्पनीले अबको एक महिनाभित्र इन्टरनेट प्रयोगकर्ताको संख्या १२ हजारको हाराहारीमा पुर्‍याउने लक्ष्य लिएको उनले बताए । कम्पनीले यो वर्षभित्र उपत्यकामा रिङरोड बाहिर सेवा विस्तार गरिसक्ने योजनाका साथ काम गरिरहेको उनकाे भनाई छ ।

Share News