भारतकाे क्याबिनेट मन्त्रीको कोरोनाबाट मृत्यु

<p>काठमाडा‌ैं । काेराेना भाईरस (काेभिड-१९) काे कारण भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनकाे आइतबार बिहान लखनऊको एसजीपीजीआई अस्पतालमा उपचारकाे क्रममा  मृत्यु भएको हाे । उनी साउन १ गते काेभिड-१९ बाट  संक्रमित भएकी थिइन् । कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित हासिल गर्ने पहिलो [&hellip;]</p>

काठमाडा‌ैं । काेराेना भाईरस (काेभिड-१९) काे कारण भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनकाे आइतबार बिहान लखनऊको एसजीपीजीआई अस्पतालमा उपचारकाे क्रममा  मृत्यु भएको हाे ।

उनी साउन १ गते काेभिड-१९ बाट  संक्रमित भएकी थिइन् ।

कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बनेकी थिइन् । उनलाई गत वर्ष मन्त्री बनाइएको थियो ।

 

Share News