काठमाडाैं । एडीबीसँग करिब ६ अर्ब ऋण सहयोग माग्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरकाे छ । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले एडीबीसँग करिब ६ अर्ब ऋण सहयोग माग्ने मन्त्रिपरिषद् बैठकले निर्णय जानकारी दिए।
वर्षायाममा बढ्दो बाढीको जोखिम व्यवस्थापनका लागि खर्च जुटाउन सरकारले एशियाली विकास बैंकसँग सहयोग माग्ने भएको छ। बाढी जोखिम व्यवस्थापनका लागि अनुमानभन्दा धेरै रकम आवश्यक परेपछि स्रोत जुटाउन एडीबीसँग सहयोग माग्न लागिएको हो।
अर्थ मन्त्रालयका अनुसार बाढी नियन्त्रणसँग सम्बन्धित पूर्वाधार निर्माण र पूर्वाअनुमान क्षमता विकासका लागि स्रोत दबाबमा परेपछि एडीबीसँग सहयोगका लागि वार्ता थालिएको छ।