अबैध अन्तर्राष्ट्रिय कलमा संलग्न युवक पक्राउ

<p>काठमाडाैं । गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गर्ने युवक पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरोले भक्तपुरका हरि शंकर श्रेष्ठलाई सोमबार पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौं उपत्यकाकाबिभिन्नस्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भईरहेको भन्ने सूचनाका आधारमा खोजतलास गरी छापा समेत मारी काठमाण्डौं जिल्लाको वडा नं. २२ खिचापोखरी स्थित एक [&hellip;]</p>

काठमाडाैं । गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गर्ने युवक पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरोले भक्तपुरका हरि शंकर श्रेष्ठलाई सोमबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यकाकाबिभिन्नस्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भईरहेको भन्ने सूचनाका आधारमा खोजतलास गरी छापा समेत मारी काठमाण्डौं जिल्लाको वडा नं. २२ खिचापोखरी स्थित एक सहकारी संस्था रहेको भवनमा अवैध रुपमा संचालन गरी रहेको अवस्थामा फेला पारी पक्राउ गरेके हो ।

उनीबाट ८ पोर्टको (भिओआइपी) उपकरण , ८ थान एनसीएलका सिम कार्ड, एक थान चार्जर सहित पक्राउ गरेको हो । उनी माथि दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

साथै केन्द्रिय अनुसन्धान ब्युरोले हालसम्म १ सय ७० जना अवैध भिओआइपी सञ्चालन गर्नेलाई कारवाही गरेको छ । उनीहरुबाट १२ अर्ब २० करोड ५२ लाख ३२ हजार रुपैयाँ बिगो मागदावी गरी अदालतमा मुद्दा दायर गरेको छ ।

Share News