काठमाडौं । अब सीम कार्डमा रिचार्ज गर्ने बित्तिकै २ प्रतिशत शुल्क काटिने भएको छ । नेपाल टेलिकमको पोस्ट पेड र प्रिपेड सिमकार्ड खरिद गर्दा तथा मोवाइल र टेलिफोनको रिचार्ज गर्दा लाग्ने स्वामित्व शुल्कमा हेरफेर गर्दै सो व्यवस्था गरेको हो ।
नेपाल टेलिकमले दिएको जानकारी अनुसार अब पोस्ट पेड र प्रिपेड सिमकार्डमा रिचार्ज गर्दा (ओनरसिप चार्ज) काटिने भएको हो । यो भन्दा अगाडि प्रिपेड सिमकार्डमा मात्र शुल्क लिने गरेको थियो । अब भने दुवै सिमकार्डमा शुल्क काटिनेछ ।
नेपाल टेलिकमा प्रवक्ता राजेश जोशीका अनुसार टेलिकमले ग्राहकको माग अनुुसार शुल्कमा हेरफेर गर्दै आएको र अहिलेको आवश्यकता अनुसार टेलिकमले पोस्ट पेड सिम कार्डमा यस्तो व्यवस्था ल्याएको हो ।
‘हामीले ग्राहकहरुको माग अनुसार विभिन्न सेवा सुविधा ल्याउदै आएका छाैं, अहिले पोस्ट पेडको खरिद तथा रिचार्ज शुल्कमा हेरफेर गरिएको छ, प्रि–पेड मोवाइलको हकमा भने पहिलेको व्यवस्था नै कायम रहनेछ’, उनले भने ।
टेलिकमले पोस्ट पेडको नयाँ सिम कार्ड खरिद गर्दा लाग्ने २ प्रतिशत शुल्क भने अब बुझाउनु नपर्ने जनाएको छ ।