काठमाडाैं । पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि गर्ने भनेकाे परीक्षा स्थगित गरेको छ। साेमबार विश्वविद्यालयले विज्ञप्ती जारी गर्दै परीक्षा स्थगित गरेकाे जानकारी दिएकाे हाे ।
लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो।
विज्ञप्तीमा भनिएकाे छ, ‘कोरोना संक्रमणका कारण केही जिल्लाहरुमा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा यि सबै कुराहरुले मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाकाे तालिकाहरु प्रकाशित गरिने व्यहाेरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।’