आजदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु खुल्ने, पठनपाठन भने नहुने

<p>काठमाडौं । सरकारले मंगलबार साँझ लकडाउनको अन्त्य भएको घाेषणा गरेसँगै आजदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु पुनः सञ्चालन हुने भएकाे छन । पठनपाठन बाहेक सबै कर्मचारी तथा शिक्षककाे हाजिरी गराई राेकिएका कामहरु अगाडि बढाउने विश्वविद्यालयका रजिष्टार पेसल दाहालले जानकारी दिए । उनी भन्छन्, अहिले सरकारले ताेकेकाे अनुसार कक्षाहरु भने स‌ंचालन हुँदैन्न तर अब अन्य कामहरु भने राेकिँदैनन् । नियमित [&hellip;]</p>

काठमाडौं । सरकारले मंगलबार साँझ लकडाउनको अन्त्य भएको घाेषणा गरेसँगै आजदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरु पुनः सञ्चालन हुने भएकाे छन ।

पठनपाठन बाहेक सबै कर्मचारी तथा शिक्षककाे हाजिरी गराई राेकिएका कामहरु अगाडि बढाउने विश्वविद्यालयका रजिष्टार पेसल दाहालले जानकारी दिए ।

उनी भन्छन्, अहिले सरकारले ताेकेकाे अनुसार कक्षाहरु भने स‌ंचालन हुँदैन्न तर अब अन्य कामहरु भने राेकिँदैनन् । नियमित पठनपाठन नहुँदासम्म वैकल्पिक पठनपाठन भने सञ्चालन हुनेछन् । ‘

कोरोना भाइरसको संक्रमण शुरु भएसँगै सबै क्याम्पस तथा कार्यालयहरु २०७६ चैत १० गतेदेखि बन्द गरिएको थियो। जसमा सरकारले २०७७ चैत ११ गतेबाट राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका कारण सो अवधिभरका लागि त्रिविका क्याम्पसहरुको शैक्षिक गतिविधि स्थगित रहेको थियो।

 

Share News