श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई कुमारी बैंकको सहयोग

<p>काठमाडौं । कुमारी बैंक लिमिटेडले पाल्पास्थित श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ । यस कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै, केही थान कम्प्युटर र ल्यापटप अनलाईन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ बैंकले विद्यालयलाई सहयोग गरेको छ । कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेडले पाल्पास्थित श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ । यस कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै, केही थान कम्प्युटर र ल्यापटप अनलाईन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ बैंकले विद्यालयलाई सहयोग गरेको छ ।

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थ रथी यादव बहादुर रायमाझीलाई हस्तान्तरण गरेका छन् । यस सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा टेवा पुर्याउनु रहेको बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा अझै सेवामूलक तथा प्रभावकारी सेवा पुर्याउँदै जाने प्रतिवद्धता जनाएको छ ।

Share News