भारतमा एकैदिन २९ हजारभन्दा बढीमा कोरोना पुष्टि

<p>काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । गएको २४ घण्टाभित्र यहाँ २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । भारतमा २४ घण्टाभित्र भेटिएको कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । यसअघि जुलाई ११ मा सबैभन्दा धेरै २७ हजार ७ सय ५४ संक्रमित [&hellip;]</p>

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । गएको २४ घण्टाभित्र यहाँ २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

भारतमा २४ घण्टाभित्र भेटिएको कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । यसअघि जुलाई ११ मा सबैभन्दा धेरै २७ हजार ७ सय ५४ संक्रमित भेटिएका थिए ।

भारतमा आइतबार १८ हजार १ सय ३९ बिरामी निको भएको छ । पछिल्लो २४ घण्टामा पाँच सय व्यक्तिको ज्यान गएको छ । भारतमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ हजार १ सय ८७ रहेको छ भने ५ लाख ५४ हजार ३ सय ७० बिरामीहरु निको भएका छन् ।
(वल्डाेमिटरकाे तथ्यांकनुसार)

Share News