जनउत्थान सामुदायिक लघुवित्तको सञ्चालकमा ५ जना निर्वाचित, बाबुराम विश्वकर्मा बने अध्यक्ष

<p>काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । असार २७ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ५ जनालाई निर्वाचित गरेको हो । सभाले संस्थापक सेयरधनीको तर्फबाट बाबुराम विश्वकर्मा, रेवन्त बहादुर विश्वकर्मा र मान बहादुर विश्वकर्मालाई [&hellip;]</p>

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । असार २७ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ५ जनालाई निर्वाचित गरेको हो ।

सभाले संस्थापक सेयरधनीको तर्फबाट बाबुराम विश्वकर्मा, रेवन्त बहादुर विश्वकर्मा र मान बहादुर विश्वकर्मालाई संस्थाको सञ्चालक पदमा निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट नरेन्द्र कडेल र गोकर्ण बहादुर कार्की क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, उक्त सभा पश्चात बसेको साँझ बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालक विश्वकर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।

Share News