नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण रोक्ने निर्णय

<p>काठमाडाैं । नेपालमा भारतीय न्युज च्यानलहरुको प्रशारण रोक लगाउने निर्णय भएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले बिहीबार साँझदेखि भारतीय न्युज च्यानलको प्रशारण रोक्ने निर्णय गरेका हुन्। यद्यपि यो निर्णय भारत सरकारको स्वामित्वको दूरदर्शनको हकमा लागू हुने छैन। मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार पछिल्लो समय भारतीय न्यूज च्यानलहरूले नेपालका बारेमा अतिरञ्जित [&hellip;]</p>

काठमाडाैं । नेपालमा भारतीय न्युज च्यानलहरुको प्रशारण रोक लगाउने निर्णय भएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले बिहीबार साँझदेखि भारतीय न्युज च्यानलको प्रशारण रोक्ने निर्णय गरेका हुन्।

यद्यपि यो निर्णय भारत सरकारको स्वामित्वको दूरदर्शनको हकमा लागू हुने छैन। मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार पछिल्लो समय भारतीय न्यूज च्यानलहरूले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गर्न थालेपछि यो कदम चालिएको हो।

एक भारतीय मिडियाले त प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषय प्रसारण गरेको थियो।

Share News