डब्ल्यूएचओसँग औपचारिक रूपमा अमेरिकाले तोड्यो सम्बन्ध

<p>काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी गराएको छ । अमेरिकाले यसबारे संयुक्त राष्ट्रले ६ जुलाईमा नै जानकारी दिएको भनेको छ । यद्यपि, यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्षको समय लाग्न सक्ने बताएको छ । गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डब्ल्यूएचओसँग नाता [&hellip;]</p>

काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी गराएको छ ।

अमेरिकाले यसबारे संयुक्त राष्ट्रले ६ जुलाईमा नै जानकारी दिएको भनेको छ । यद्यपि, यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्षको समय लाग्न सक्ने बताएको छ ।

गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डब्ल्यूएचओसँग नाता तोडेको घोषणा गरेका थिए । ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि कोरोना महामारीलाई प्रभावकारी तरिकाले नियन्त्रण गर्न नसकेको र चीनको इशारामा चलेको आरोप लगाएका थिए ।

ट्रम्पको आरोप र सम्बन्ध तोड्ने धम्कीको जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रस एडनहोनम गेब्रियेससले यो समयमा डब्ल्यूएचओको मद्दत सबैभन्दा धेरै आवश्यक भएको बताएका थिए । उनले ट्रम्पलाई रकम नरोक्न अपिलसमेत गरेका थिए ।

यी सबै अपिलपश्चात् पनि ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन् । उनले डब्ल्यूएचओलाई दिँदै आएको रकम अन्य कुनै स्थानमा दिने जानकारी दिए । विपक्षी डेमोक्रेट सांसदले ट्रम्पको यो निर्णयको आलोचना गरेका छन् र डब्ल्यूएचओबाट अलग हुनु अमेरिकी नागरिकको हितमा नभएको बताएका थिए ।  (बीबीसीबाट)

Share News