निजी विद्यालय संचालक आन्दोलनबाट पछाडि हट्याे, अनलाइन कक्षा निरन्तर

<p>काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग आइतबार भएको वार्ता सफल भएकाे भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका एनप्याबसनका अध्यक्ष रितु राज सापकाेटाले बताए । हालकाे लागि वार्ता नसकिएसम्मकाे लागि आन्दोलन स्थगित गरिएकाे उनले बताए । विद्यालय सञ्चालकहरूले असार १ गतेबाट हुने विद्यालय भर्नाकाे, अनलाईन शिक्षाकाे शुल्क संकलन गर्न नपाएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक [&hellip;]</p>

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग आइतबार भएको वार्ता सफल भएकाे भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका एनप्याबसनका अध्यक्ष रितु राज सापकाेटाले बताए ।

हालकाे लागि वार्ता नसकिएसम्मकाे लागि आन्दोलन स्थगित गरिएकाे उनले बताए । विद्यालय सञ्चालकहरूले असार १ गतेबाट हुने विद्यालय भर्नाकाे, अनलाईन शिक्षाकाे शुल्क संकलन गर्न नपाएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

सरकारले विद्यालयका शिक्षक तथा कर्मचारीलाई कसरी तलब दिने विषयमा ध्यान दिँदै एउटा न्युनतम शुल्क ताेकिनुपर्न सापकाेटा बताउँछन् । यसका साथै सहुलियतमा ऋण दिनुपर्न व्यवस्था पनि गरिनुपर्न आफुहरुङ्काे माग रहेकाे उनले बताए ।

यसका साथै उनीहरुले अनलाईन रेडियाे मार्फत स‌ंचालन भईरहेका कक्षा पनि स्थगित गर्न बताएका थिए । तर अब यस मार्फत भईरहेका कक्षाहरु निरन्तरता दिने सापकाेटाले बताए ।

Share News