अब एक क्लिकमै गाडीको बुकिङ्ग गर्न सकिने, लक्ष्मी हुण्डाईले ल्यायो नयाँ सेवा

<p>काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुण्डाई) ले ‘क्लिक टु बुक’ सेवा शुरु गरेको छ । इण्डाईले हाल कोभिड-१९ को परिस्थितीलाई सहज बनाउनको लागि ग्राहकहरुले सोरुमसम्म नपुगिकन सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न सक्ने लक्ष्यले उक्त सेवा ल्याएको हो । लक्ष्मी हुण्डाईले आफ्नो आधिकारीक वेबसाईटबाट [&hellip;]</p>

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुण्डाई) ले ‘क्लिक टु बुक’ सेवा शुरु गरेको छ । इण्डाईले हाल कोभिड-१९ को परिस्थितीलाई सहज बनाउनको लागि ग्राहकहरुले सोरुमसम्म नपुगिकन सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न सक्ने लक्ष्यले उक्त सेवा ल्याएको हो ।

लक्ष्मी हुण्डाईले आफ्नो आधिकारीक वेबसाईटबाट ‘क्लिक टु बुक’ सेवाको सुरुवात गरेको छ । ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणाली मार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको पनि जानकारी लिन सक्नेछन् ।

ग्राहकहरुले आफुलाई चाहिएको गाडी छनौट गरे पश्चात बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट-अप गरिनेछ । त्यस पछि ग्राहकहरुलाई तोकिएको बिक्री परामर्शदाताले सिधैं सम्पर्क गर्नेछन् । ग्राहकहरुले टेस्ट ड्राइभका लागि पनि अनलाइनबाट अनुरोध गर्न सक्नेछन्, जस्को व्यवस्थापन बिक्री परामर्शदाताले नै गर्नेछन् र यसका साथै सवारी साधनको एक्सचेन्जको अनुरोध पनि अनलाइन पोर्टल मार्फत गर्न सक्नेछ ।

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडीको बुकिङका लागि अनलाइनबाट कोटेशन जारी गर्न र साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनबाट सुरु गर्न सक्नेछन् अथवा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत अनलाइन भुक्तानी गरी सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् ।

Share News