काठमाडाैं । अपाङ्गता भएका युवाहरू एमसीसीकाे विरुद्दमा उत्रिएका छन् । उनीहरुले एमसीसीकाे विराेध गर्नकाे लागि एक समूह निर्माण गरी यसकाे विराेधमा उत्रिएका हुन् । एमसीसी नेपालकाे हितमा नभएकाे भन्दै उनीहरुले एक विज्ञप्ती पनि जारी गरेका छन् ।
एमसीसी नेपालको हितमा नभएको भन्दै यसलाई यथास्थितिमा पारित गर्न नहुने पक्षमा आवाज उठाएका छन् । युवाहरुले विभिन्न औपचारित तथा अनाैपचारिक कार्यक्रम गरेर एमसीसीकाे विराेध पनि गरिरहेका छन् ।
उक्त अभियानका संयोजक तथा सामाजिक अभियन्ता अर्जुन रावलले एमसीसी नेपालको हितमा नभएको भन्दै भेलामा यसका केही राष्ट्रघाती बुँदाहरू संशोधन नभएसम्म पारित गर्न नहुने बताएका छन् ।
उनीहरुले एमसीसीमा उल्लेख भएका केही बुँदाहरु अस्पष्ट भएकोले त्यसको स्पष्टता र संशोधन नहुँदासम्म एमसीसी पास गर्नु नेपालको लागि उचित नहुने जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।