इरानकाे एक क्लिनिकमा विष्फोट हुँदा १३ जनाको मृत्यु

<p>काठमाडौं । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । दर्जनौं मानिसहरु घाइते भएका छन् । इरानको सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भइ उक्त घटना भएकाे हो । साे विष्फाेटनमा मृत्यु हुने अधिकांश महिलाहरू रहेका छन् । विष्फोटपछि क्लिनिकमा आगो लागेर आकाशमा धुवाँको मुस्लो उडेको र दमकलहरुले आगो [&hellip;]</p>

काठमाडौं । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । दर्जनौं मानिसहरु घाइते भएका छन् ।

इरानको सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भइ उक्त घटना भएकाे हो । साे विष्फाेटनमा मृत्यु हुने अधिकांश महिलाहरू रहेका छन् ।

विष्फोटपछि क्लिनिकमा आगो लागेर आकाशमा धुवाँको मुस्लो उडेको र दमकलहरुले आगो नियन्त्रणको प्रयास गरिरहेको बीबीसीले जनाएकाे छ ।

यसको केही दिन अगाडि पनि इरानको एक सैनिक इलाकामा पनि विष्फोट भएको थियो ।

Share News