एफएनसीसीआईको चुनावी रस्साकस्सी सुरु, प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय

<p>काठमाडाैं । आगमी साउन २६ र २७ गते हुने भनिएकाे नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनकाे रस्साकस्सी सुरु भएकाे छ । कोरोना भाइरसको कारणले हालसम्म हुन नसकेकाे महासंघको निर्वाचनकाे पुन: मिति तय गरेसँगै चुनावी माहाेल बढेकाे हाे । पछिल्लो समय लकडाउन मोडालिटी परिर्वतन भएपछि चुनावमा उठ्ने उम्मेदवारहरुले चुनावको तयारीमा लागेका छन् । महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर [&hellip;]</p>

काठमाडाैं । आगमी साउन २६ र २७ गते हुने भनिएकाे नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनकाे रस्साकस्सी सुरु भएकाे छ । कोरोना भाइरसको कारणले हालसम्म हुन नसकेकाे महासंघको निर्वाचनकाे पुन: मिति तय गरेसँगै चुनावी माहाेल बढेकाे हाे ।

पछिल्लो समय लकडाउन मोडालिटी परिर्वतन भएपछि चुनावमा उठ्ने उम्मेदवारहरुले चुनावको तयारीमा लागेका छन् । महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहले चुनावका लागि सम्पर्क कार्यालय पनि खोलेका छन् । प्रधान समुहले ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरेको हाे ।

महासंघको बरिष्ठ उपाध्यक्षसहितका पदमा किशोर प्रधान र चन्द्र ढकालको आ–आफ्नो समुहको प्यानल नै बनाएर उमेद्वाारी दिने घोषणा नै गरेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गरेका छन् ।

उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ सहभागी थिए। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। यसपटक शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन्।

Share News