भारत सरकारकाे थप राहत प्याकेज: ९० हजार करोड भारुमा ८० करोडलाई निःशुल्क रासन

<p>काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बरसम्म ८० कारोडभन्दा बढी मानिसलाई निःशुल्क रासन वितरण गरिने बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । उनले कोरोना भाइरसको रोकथामका लागि भारतीय सरकारले सही कदम चालेको पनि बताएका छन् । उनले सही समयमा गरेको लकडाउनको कारण लाखौं मानिसहरुको ज्यान जागिएको बताए । [&hellip;]</p>

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बरसम्म ८० कारोडभन्दा बढी मानिसलाई निःशुल्क रासन वितरण गरिने बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । उनले कोरोना भाइरसको रोकथामका लागि भारतीय सरकारले सही कदम चालेको पनि बताएका छन् ।

उनले सही समयमा गरेको लकडाउनको कारण लाखौं मानिसहरुको ज्यान जागिएको बताए । उनले कानुनभन्दा माथि कोही नभएकोले सबैले सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी मार्गनिर्देशनहरू पालना गर्न अनुरोध गरे ।

उनले हालसम्म जनताको राहतका लागि धेरै खर्च गरेको बताउादै अझै पनि नोभेम्बरसम्म गरिब नागरिकहरूलाई पाँच किलो गहुँ र पाँच किलो चामल पाँच महिनासम्मका वितरण गर्ने बताएका हुन् । उनले यसका लागि सरकारले ९० हजार करोड रुपैयाँ खर्च गर्ने उनको भनाई छ ।

Share News