
धर्ती सारा, जगतै देखायाैं,
कति दुःख, सहेर हुर्कायाैं
दश मैना, गर्भमा बाेकेर
जन्म दिइ, अमेतपान गरायाैं
भाेक प्यास, सहेर आफै
सन्तानलाई, पेटभरी खुवायाैं
छाेराछाेरी बिरामी पर्दा झन
कति रात, नसुती बितायाैं
भविष्यकाे साहारा सम्झेर
राम्राे मान्छे, बनाउन पढायाैं
थाेरै सफल, हुँदा नि सन्तान
कति धेरै, खुशी भै रमायाैं
कति धेरै, खुशी भै रमायाैं
बिराटनगर-३
[email protected]