नेपालमा थप ४ सय ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्याे

<p>काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ३४ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ११ हजार १ सय ६२ पुगेकाे छ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ३४ जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ११ हजार १ सय ६२ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २६ सय ५० रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २५ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म १ लाख ९९ हजार ७ सय ३७ काे पिसिआर विधि र २ लाख ८७ हजारकाे ८ सय ६३ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ७४ हजार २२ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ४ सय ८६ जना आईसाेलेसनमा रहेका छन् ।

Share News