मेयरमाथि खुर्सानीको धुलो प्रहार

<p>काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनको क्रममा मेयर हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार भएको छ । मेयरलाई फालेको खुर्सानीको धुलो सुरक्षाकर्मी र कर्मचारीलाई परेको थियो । मेयरलाई खुर्सानीको धुलो प्रहार गर्ने असन्तुष्ट जनप्रतिनिधिले नगरसभामा नाराबाजी गर्दै करिब ५० वटा कुर्सी पनि फुटाएको छायानाथ रारा नगरपालिका सूचना तथा संचार प्रविधि अधिकृत तिर्थराज शाही [&hellip;]</p>

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनको क्रममा मेयर हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार भएको छ । मेयरलाई फालेको खुर्सानीको धुलो सुरक्षाकर्मी र कर्मचारीलाई परेको थियो ।

मेयरलाई खुर्सानीको धुलो प्रहार गर्ने असन्तुष्ट जनप्रतिनिधिले नगरसभामा नाराबाजी गर्दै करिब ५० वटा कुर्सी पनि फुटाएको छायानाथ रारा नगरपालिका सूचना तथा संचार प्रविधि अधिकृत तिर्थराज शाही बताए ।

बुधबार गमगढीमा आयोजना गरिएको कार्यक्रममा नगरकार्यपालिकाका असन्तुष्ट सदस्यले नाराबाजी गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका थिए ।
खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्यलाई जिल्ला प्रहरी मुगुुले नियन्त्रणमा लिइएको छ ।

Share News