प्रधानमन्त्री ओलीको चीन भ्रमण(फोटो फिचरसहित)

<p>काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका दौरान दुई देशबिच १० वटा महत्वपुर्ण सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र उनका चीनियाँ समकक्षीको उपस्थितीमा भएका ती सम्झौताहरुले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनुका साथै नेपालको विकास र स्थायीत्वमा समेत ठुलो योगदान पुग्ने देखिन्छ । दुई देशबिच स्वतन्त्र पारवाहन, रेलवे सेवा विकास तथा [&hellip;]</p>

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका दौरान दुई देशबिच १० वटा महत्वपुर्ण सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र उनका चीनियाँ समकक्षीको उपस्थितीमा भएका ती सम्झौताहरुले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनुका साथै नेपालको विकास र स्थायीत्वमा समेत ठुलो योगदान पुग्ने देखिन्छ ।

दुई देशबिच स्वतन्त्र पारवाहन, रेलवे सेवा विकास तथा विस्तारको सम्भावना खोज्ने, इन्धन खानीहरुको उत्खनन गर्ने, पोखरा विमानस्थलको निर्माणका लागि सहुलियत ऋण उपलब्ध गराउने तथा नेपालमा चीनियाँ बैंक खोल्ने लगायतका सम्झौतामा हस्ताक्षर भए ।

यस्तो छ ओलीको चीन भ्रमणको फोटो फिचर ।

Bikashnews.com

प्रधानमन्त्री केपी ओली र चिनियाँ प्रधानमन्त्री लि केक्विाङ एकापसमा भलाकुसारी गर्दै ।

sign

नेपालमा चिनियाँ बैंक खोल्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र चिनियाँ समकक्षी । साथमा नेपाल र चीनका प्रधानमन्त्री ।

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको सलामी समारोहमा ओली र चिनियाँ समकक्षी ।

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको सलामी समारोहमा ओली र चिनियाँ समकक्षी ।

प्रधानमन्त्री केपी ओलीलाई सलामी अर्पण गर्दै चिनियाँ जनमुक्ति सेनाको एक टुकडी ।

प्रधानमन्त्री केपी ओलीलाई सलामी अर्पण गर्दै चिनियाँ जनमुक्ति सेनाको एक टुकडी ।

द ग्रेट हल अफ दि पिपुलमा आयोजीत भेटघाट समारोहमा प्रधानमन्त्री केपी ओली र परराष्ट्र मन्त्री कमल थापा ।

द ग्रेट हल अफ दि पिपुलमा आयोजीत भेटघाट समारोहमा प्रधानमन्त्री केपी ओली र परराष्ट्र मन्त्री कमल थापा ।(

तस्विरहरुः रोयटर्स )

Share News