डा‍. दिव्यासिंह शाह डिन नियुक्तपछि अनेरास्ववियूले लगायो आइओएममा ताला

<p>काठमाडाैं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मातालबन्दी गरेको छ । क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले डा&#x200d;. दिव्यासिंह शाह बरिष्ठता र कार्याकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा&#x200d;. सिंहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको  बताएका छन् । अनेरास्ववियूले बिहिबार एक विज्ञप्ती जारी गर्दै डा सिंहकाे नियुक्ति सच्च्याउन माथ&#x200d;ग गरेका छन् । उनी बुधबार [&hellip;]</p>

काठमाडाैं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मातालबन्दी गरेको छ ।

क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले डा‍. दिव्यासिंह शाह बरिष्ठता र कार्याकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा‍. सिंहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको  बताएका छन् ।

अनेरास्ववियूले बिहिबार एक विज्ञप्ती जारी गर्दै डा सिंहकाे नियुक्ति सच्च्याउन माथ‍ग गरेका छन् । उनी बुधबार साँझ आइओएमकाे डीनमा नियुक्त भएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी सिंहलाई प्राध्यापक डाक्टर प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीको सिफारिसअनुसार त्रिविले डिनमा नियुक्त गरेको थियो। उनी सिफारिसमा दुई नम्बरमा परेकी थिइन्।

 

 

 

Share News