संसारभर कोरोना बाट मृत्यु हुनेको संख्या साढे ४ लाख नाघ्यो

<p>काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८३ लाख ९२ हजार ४ सय ८१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५० हजार ४ सय ५२ जनाको मृत्यु भइसकेको छ भने ४४ लाख ५ हजार १ सय ५२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट [&hellip;]</p>

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८३ लाख ९२ हजार ४ सय ८१ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५० हजार ४ सय ५२ जनाको मृत्यु भइसकेको छ भने ४४ लाख ५ हजार १ सय ५२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १९ हजार ९ सय ४१ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ३३ हजार ८ सय ५६ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ६७ हजार २ सय ६४ पुगेको छ भने अहिलेसम्म १२ हजार २ सय ६२ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ७ हजार १ सय ७७ जना संक्रमित भएका छन् भने २० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार १ सय ६७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभारः वल्डोमिटर)

Share News