नेपालमा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु, मृतककाे संख्या २० पुग्याे

<p>काठमाडाैं । नेपालमा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु भएकाे छ । बाँके जिल्ला, बैद्यनाथ गाउँपालिका वडा नं ६ कि ४६ वर्षिय महिलाकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे हाे । उनी नेपालगंज स्थित शिक्षण अस्पताल काेहलपुरमा जेठ ३० गते मृगौला सम्बन्धि समस्याकाे कारण भर्ना भएकी थिईन् । असार १ गते उनकाे स्वाब संकलन गरी परीक्षणकाे लागि भेरी अस्पतालमा  पठाईएकाे [&hellip;]</p>

काठमाडाैं । नेपालमा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु भएकाे छ । बाँके जिल्ला, बैद्यनाथ गाउँपालिका वडा नं ६ कि ४६ वर्षिय महिलाकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे हाे ।

उनी नेपालगंज स्थित शिक्षण अस्पताल काेहलपुरमा जेठ ३० गते मृगौला सम्बन्धि समस्याकाे कारण भर्ना भएकी थिईन् । असार १ गते उनकाे स्वाब संकलन गरी परीक्षणकाे लागि भेरी अस्पतालमा  पठाईएकाे र नतिजा नआउँदै उनकाे असार १ गते साँझ ६ बजे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनकाे परीक्षणकाे नतिजा असार २ गते आउँदा पाेजेटिभ आएकाे उनले बताए ।

याेसँगै नेपालमा काेराेनाकाे कारण मृत्यु हुने व्यक्तीकाे संख्या २० पुगेकाे छ ।

Share News