बेइजिङमा कोरोना संक्रमित थपिएसँगै लकडाउनमा कडाई, स्कुल तथा मनोरञ्जन क्षेत्र बन्द

<p>काठमाडौं । फेरी कोरोना संक्रमित देखिएसँगै चीन सरकारले बेइजिङमा लकडाउन थप कडाई गरेको छ । केही हप्ता थप संक्रमित नदेखिएको चीनमा लकडाउन खुल्ला गरेसँगै पछिल्ला दिनमा कोरोनाको दास्रो लहर शुरु हुने खतरा बढ्ने आशंका बढेसँग लकडाउनमा कडाई गरेको हो । बेइजिङमा विद्यालय, खेलकुद तथा मनोरञ्जन लगायतका क्षेत्रहरु बन्द गरेको छ भने नयाँ सुरक्षा चेकपोस्टहरू स्थापना [&hellip;]</p>

काठमाडौं । फेरी कोरोना संक्रमित देखिएसँगै चीन सरकारले बेइजिङमा लकडाउन थप कडाई गरेको छ ।
केही हप्ता थप संक्रमित नदेखिएको चीनमा लकडाउन खुल्ला गरेसँगै पछिल्ला दिनमा कोरोनाको दास्रो लहर शुरु हुने खतरा बढ्ने आशंका बढेसँग लकडाउनमा कडाई गरेको हो ।

बेइजिङमा विद्यालय, खेलकुद तथा मनोरञ्जन लगायतका क्षेत्रहरु बन्द गरेको छ भने नयाँ सुरक्षा चेकपोस्टहरू स्थापना गरेको छ । मानिसहरूलाई कोरोना टेस्ट गराउन भनिन्छ भने सुपरमार्केट र कार्यालयहरूमा पुनः तापक्रम जाँच गरेर प्रवेश गर्ने सुरु गरिएको छ ।

कोरोना संक्रमणको नयाँ लहर बेइजिङको सबैभन्दा होलसेल बजारबाट धेरै फैलिन शुरू भएको छ । परीक्षणको कार्य पनि तिव्र बनाएको छ ।

हालसम्म चीनमा ८३ हजार २ सय २२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा ४० जनाभन्दा बढीमा काेराेना देखिएकाे छ । त्यस्तै अहिलेसम्म ४ हजार ६ सय ३४ जनाकाे काेराेनाबाट ज्यान गुमाइसकेका छन् । चीनकाे वुहान शहरमा २०१९ काे डिसेम्बरबाट देखापरेकाे काेराेना संसारभरी नै फैलिएकाे छ ।

Share News