आमा ! घर फर्कु कि चिहानमा ?

<p>सास्तीले घेर्छ सिमानामा मृत्यु पर्खेर बस्छ करेसामा बलत्कारी ढुकेर बस्छ क्वारेन्टिनमा भरोसा भत्कियो मेरो सपना पुरियो मेरो भग्नावसेसमा घरबाट गरीबीले लखेट्यो मुग्लानबाट महामारीले लखेट्यो आमाको फाटेको चोलो जस्तै मन फाट्यो र म मुग्लान पसेँ घरदेशमा आफ्नाबाटै परदेशमा पराईबाट जोगाएको अस्मिता घरदेशमा घरैबाट लुटियो आमा माइती देशको त कुकुर पनि प्यारो हुन्छ भन्थे मेरा दाजुभाइ कुुकुर [&hellip;]</p>

लेखक


सास्तीले घेर्छ सिमानामा
मृत्यु पर्खेर बस्छ करेसामा
बलत्कारी ढुकेर बस्छ क्वारेन्टिनमा
भरोसा भत्कियो मेरो
सपना पुरियो मेरो भग्नावसेसमा

घरबाट गरीबीले लखेट्यो
मुग्लानबाट महामारीले लखेट्यो
आमाको फाटेको चोलो जस्तै
मन फाट्यो
र म मुग्लान पसेँ

घरदेशमा आफ्नाबाटै
परदेशमा पराईबाट जोगाएको अस्मिता
घरदेशमा घरैबाट लुटियो आमा
माइती देशको त कुकुर पनि
प्यारो हुन्छ भन्थे
मेरा दाजुभाइ कुुकुर जति पनि
प्यारा भएन्न आमा

उज्यालो खोज्दै हिंड्दा
अँधेरो आँगनमा आईपुगेंं म
रक्षक नै भक्षक भए पछि
मेरो अस्मिताको
रक्षा गर्न सकिन आमा

मसँग मेरो लासमात्र बाँकी छ
घर लैजाउ कि चिहानमा
मसँग अँधेरो रात मात्र बाँकी छ
लामो निन्द्रा निदाउँ कि
म फेरी पर्खु बिहानमा
भन न आमा
म घर फर्कु कि चिहानमा ?

Share News