नयाँ कोरोना संक्रमित देखिएसँगै इरानमा पुन लकडाउन

<p>काठमाडौं । इरानमा थप कोरोना संक्रमित देखिएसँगै पुन लकडाउन गर्ने तयारी भइरहेको छ । विश्वमा नै पछिल्ला दिनमा नयाँ संक्रमित देखिने क्रम इरानमा पनि संक्रमणको घटना बढ्दोको छ । इरानका राष्ट्रपति हसन रूहानीले स्वास्थ्य नियमहरु राम्रोसँग पालना नभएकोले पुन लकडाउन गर्ने तयारी भएको बताए । शनिबार थप २ हजार ४ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको [&hellip;]</p>

काठमाडौं । इरानमा थप कोरोना संक्रमित देखिएसँगै पुन लकडाउन गर्ने तयारी भइरहेको छ । विश्वमा नै पछिल्ला दिनमा नयाँ संक्रमित देखिने क्रम इरानमा पनि संक्रमणको घटना बढ्दोको छ ।

इरानका राष्ट्रपति हसन रूहानीले स्वास्थ्य नियमहरु राम्रोसँग पालना नभएकोले पुन लकडाउन गर्ने तयारी भएको बताए ।

शनिबार थप २ हजार ४ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने ७१ जनाको मृत्यु भएको छ । यसका साथ इरानमा संक्रमित व्यक्तिको कुल संख्या बढेर १ लाख ८४ हजार ९ सय ५५ पुगेको छ । त्यस्तै ८ हजार ७ सय ३० जनाको मृत्यु भइसकेको छ ।

अधिकारीहरू चिन्तित छन् कि इरानमा कोरोना भाइरसको दोस्रो छाल संक्रमणको बढ्दो घटनाहरूको कारण हुन सक्छ । इरान कोरोनाद्वारा मध्यपूर्वमा सबैभन्दा बढी प्रभावित देशहरूमा पर्छ ।

Share News