टाटा मोटर्सकाे कार अनलाइनबाटै बुकिङ्ग गर्न सकिने, स्वास्थकर्मीलाई विशेष छुट

<p>काठमाडौं । टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ्ग वेब पोर्टलको शुरुवात गरेको छ । कोरोना महामारीको यो समयमा टाटा मोटर्सका पेसेन्जर कार खरिद गर्न चाहने ग्राहकले यो वेब पोर्टलबाट बुकिङ्ग गर्न सक्नेछन् । लकडाउनको कारण टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजन बाबु श्रेष्ठले संयुक्त रुपमा डिजिटल माध्यमबाट यो वेब [&hellip;]</p>


काठमाडौं । टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ्ग वेब पोर्टलको शुरुवात गरेको छ । कोरोना महामारीको यो समयमा टाटा मोटर्सका पेसेन्जर कार खरिद गर्न चाहने ग्राहकले यो वेब पोर्टलबाट बुकिङ्ग गर्न सक्नेछन् ।

लकडाउनको कारण टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजन बाबु श्रेष्ठले संयुक्त रुपमा डिजिटल माध्यमबाट यो वेब पोर्टलकाे शुरुवात गरेका हुन् ।

त्यसबाहेक इच्छुक ग्राहकले यस पोर्टलमा सिप्रदीका दक्ष कर्मचारीहरुसँग लाइभ च्याट गरेर पनि टाटा मोटर्सको सवारीहरुको बारेमा विस्तृतमा जानकारी लिन र फोनपे या इ-सेवाको माध्यमबाट सवारीको बुकिङ्ग समेत गर्न सक्नेछन् । प्रयोगकर्ताहरुलाई सजिलो होस् भन्ने हेतुको साथमा यो पोर्टल दुबै कम्प्युटर र मोबाइलमा समेत हेर्न सहज हुने कम्पनीले जनाएकाे छ ।

यो पोर्टलको मुख्य विशेषताहरु अनलाइन बुकिङ्ग, क्याटलगहरू सहितको सवारीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ्ग, पुरानो सवारीको तत्काल मुल्यांकन, ऋण मुल्यांकन, सर्भिस बुकिङ्ग, रेफरल योजना र ग्राहकहरुको सुझावहरु रहेका छन्।

साथै, यस वेब पोर्टल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्नका लागि यस पोर्टलबाट गाडी बुकिङ्ग गरेमा एक वर्ष नि:शुल्क सर्भिसिङ्ग र कन्सुमेवल प्रदान गरिनेछ । त्यस्तै, फ्रन्ट-लाइनमा काम गर्ने सम्पूर्ण स्वास्थकर्मीहरुलाई अहिले चलिआएको योजना भन्दा थप ५० हजार रूपैयाँ छुटको व्यवस्था गरिएको छ ।

Share News