एसईई दिने विद्यार्थीको अन्तिम मूल्यांकन विद्यालयले कहाँ बुझाउने ?

<p>काठमाडौं । एसईई परीक्षा दिने विद्यार्थीको विद्यालयले तयार पारेको अन्तिम मूल्यांकन विवरण जिल्ला विकास तथा समन्वय एकाईमा पठाउनु पर्नेछ । सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला विकास तथा समन्वय एकाईमा विद्यार्थीको अन्तिम मुल्यांकन विवरण पठाउनु पर्ने सरकारका प्रवक्ता र सुचना तथा संचारमन्त्री युवराज खतिवडाले बताए । बिहिबार पत्रकार सम्मलेन मार्फत खतिवडाले यस्तो बताएका हुन् । उक्त [&hellip;]</p>

काठमाडौं । एसईई परीक्षा दिने विद्यार्थीको विद्यालयले तयार पारेको अन्तिम मूल्यांकन विवरण जिल्ला विकास तथा समन्वय एकाईमा पठाउनु पर्नेछ ।

सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला विकास तथा समन्वय एकाईमा विद्यार्थीको अन्तिम मुल्यांकन विवरण पठाउनु पर्ने सरकारका प्रवक्ता र सुचना तथा संचारमन्त्री युवराज खतिवडाले बताए । बिहिबार पत्रकार सम्मलेन मार्फत खतिवडाले यस्तो बताएका हुन् ।

उक्त समन्वय एकाइले मुल्यांकन प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु पर्नेछ । त्यसरी प्राप्त भएको विविरणको आधारमा बोर्डले परीक्षाफल तयारी र प्रकाशन गरी प्रमाणपत्र जारी गर्नुपर्ने उनले बताएका छन् ।

बुधबार साँझ बसेको मन्त्रीपरिष्दको बैठकले २०७५ सालको एसईई परीक्षा नगराउने निर्णय गरेको थियो ।  बैठकले कोरोनाको कारण यस वर्षकाे एसईई परीक्षा नगराउने निर्णय गरेको थियो ।

Share News