लकडाउनकाे प्रभाव: न्युजिल्याण्डले कोरोना संक्रमितकाे संख्या शून्यमा झार्याे

<p>काठमाडौं । करिब ५ साता लकडाउन गरेकाे न्युजिल्याण्डमा हाल कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको संख्या शून्यमा झरेको छ । केहीदिन यता नयाँ संक्रमित नभेटिनुकाे साथै उपचारपछि निकाे भइ सबै संक्रमितहरू अस्पतालबाट घर फर्किसकेका छन् । न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले एक विज्ञप्ति जारी गर्दै न्युजिल्याण्डमा मे २२ यता अहिलेसम्म कुनै पनि नयाँ संक्रमित फेला परेकामा खुसी [&hellip;]</p>

काठमाडौं । करिब ५ साता लकडाउन गरेकाे न्युजिल्याण्डमा हाल कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको संख्या शून्यमा झरेको छ । केहीदिन यता नयाँ संक्रमित नभेटिनुकाे साथै उपचारपछि निकाे भइ सबै संक्रमितहरू अस्पतालबाट घर फर्किसकेका छन् ।

न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले एक विज्ञप्ति जारी गर्दै न्युजिल्याण्डमा मे २२ यता अहिलेसम्म कुनै पनि नयाँ संक्रमित फेला परेकामा खुसी व्यक्त गरेका छन् ।

पछिल्लो ४८ घण्टादेखि आइसोलेसनमा रहेका विरामीलाई कुनै लक्षण नदेखेपछि निकालिएको हो । न्युजिल्याण्डमा १ हजार ५ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये २२ जनाको मृत्यु भएको थियो । १ हजार ४ सय ८२ जना उपचारपछि घर फर्किएका छन् ।

मार्च १९ देखि कडाइका साथ लकडाउन घोषणा गरेको न्युजिल्याण्डले पछिल्ला दिनमा शुन्य कोरोना संक्रमित भएसँगै बन्दाबन्दी खुकुलो बनाइएको छ । (अलजिजराबाट)

Share News