सेती अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना, मृतकको संख्या १३ पुग्यो

<p>काठमाडौं । सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन उनको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो, तर पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको बताए । धनगढी ४ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना [&hellip;]</p>

काठमाडौं । सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन उनको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो, तर पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको बताए ।

धनगढी ४ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण देखिएका १३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै डाेल्पाका ५८ वर्षिय पुरूषका पनि काेराेनाबाट मृत्यु भएकाे पुष्टि भएकाे छ ।  जेठ १८ गते नेपालगञ्ज – सुर्खेत – जुम्ला हुँदै डोल्पा पुगेका उनकाे घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते ती पुरूषको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २ सय ८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो । नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

त्यस्तै ३ सय ६५ जना उपचारपछि निको भएका छन् । पछिल्ललो २४ घण्टामा ३२ जना उपचारपछि कोरोनामुक्त भएर घर फर्किएका छन् ।

Share News