इटालीलाई पछि पार्दै भारत उक्लियो सवैभन्दा बढि कोरोना प्रभावित राष्ट्रको छैठौं स्थानमा

<p>काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गइरहेको छ । २ लाख ३६ हजार भन्दा बढिमा कोरोना संक्रमण पाइएसँगै भारत इटालीलाई पछि पार्दै सबैभन्दा बढि कोरोना प्रभावित राष्ट्रको छैठौं स्थानमा उक्लिन पुगेको छ । हालसम्म त्यहाँ कोरोना संक्रमणका कारण ६ हजार ६ सयभन्दा बढिको मृत्यु भइसकेको छ भने १ लाख १३ हजारभन्दा बढि चाहिँ [&hellip;]</p>

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गइरहेको छ ।

२ लाख ३६ हजार भन्दा बढिमा कोरोना संक्रमण पाइएसँगै भारत इटालीलाई पछि पार्दै सबैभन्दा बढि कोरोना प्रभावित राष्ट्रको छैठौं स्थानमा उक्लिन पुगेको छ ।

हालसम्म त्यहाँ कोरोना संक्रमणका कारण ६ हजार ६ सयभन्दा बढिको मृत्यु भइसकेको छ भने १ लाख १३ हजारभन्दा बढि चाहिँ निको भएर घर फर्किसकेका छन् । हाल भारतमा कोरोनाको व्यापक फैलावटका बावजुद पनि लकडाउनलाई चरणबद्ध रुपमा अन्त्य गर्दै लान थालिएको छ ।

Share News