ट्रम्पकी छोरीले गरिन् विरोध प्रदर्शनको समर्थन

<p>काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्पले अमेरिकामा हाल चलिरहेको प्रदर्शनको समर्थन गरेकी छिन् । टिफनीले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एउटा कालो फोटो पोस्ट गर्दै ‘ब्ल्याक आउट ट्यूसडे’ तथा ‘जस्टिस फर जर्ज फ्लोयड’ ह्यासट्यागको प्रयोग गरेकी छिन् । उनले लेखेकी छिन्, “एक्लै त हामीले थोरै प्राप्त गर्न सक्छौं, एकसाथ मात्र धेरै कुरा प्राप्त [&hellip;]</p>

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्पले अमेरिकामा हाल चलिरहेको प्रदर्शनको समर्थन गरेकी छिन् ।

टिफनीले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एउटा कालो फोटो पोस्ट गर्दै ‘ब्ल्याक आउट ट्यूसडे’ तथा ‘जस्टिस फर जर्ज फ्लोयड’ ह्यासट्यागको प्रयोग गरेकी छिन् । उनले लेखेकी छिन्, “एक्लै त हामीले थोरै प्राप्त गर्न सक्छौं, एकसाथ मात्र धेरै कुरा प्राप्त गर्न सक्छौं ।”

गत हप्ता एकजना गोरा पुलिसबाट काला जातिका जर्ज फ्लोयड नामक व्यक्तिको हत्या भएको विषयलाई लिएर अमेरिकामा विरोध प्रदर्शन चर्किएको छ ।

अमेरिकाले हाल आफ्ना ४० ओटा शहरहरुमा कफ्र्यू लगाएको भएपनि अमेरिकी जनता सडकमा निस्किएर प्रदर्शन चर्काइरहेका छन् ।

तस्विर साभार : बीबीसी

Share News