सेञ्चुरी बैंकद्धारा कलाकर्मीलाई सहयोग

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कारोनाको कारण आर्थिक संकटमा रहेका कला तथा सङ्गित क्षेत्रमा आवद्व भएका विभिन्न व्यक्तित्वहरुलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका व्यक्तित्वहरुलाई नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा खाद्यान्न उपलब्ध गराएको हो । बैंकले यस विषम परिस्थितिमा मानवीय [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कारोनाको कारण आर्थिक संकटमा रहेका कला तथा सङ्गित क्षेत्रमा आवद्व भएका विभिन्न व्यक्तित्वहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका व्यक्तित्वहरुलाई नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा खाद्यान्न उपलब्ध गराएको हो ।

बैंकले यस विषम परिस्थितिमा मानवीय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

Share News