ट्रम्पले आन्दोलनकारीलाई हटाइ बाइबल लिएर फोटो खिचाएकाेमा प्रमुख पादरीले गरे आलोचना

<p>काठमाडाैं ।  वासिङ्गटनको क्याथोलिक चर्चका प्रमुख पादरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गम्भीर आलोचना गरेका छन् । प्रहरीकाे हिरासतमा अश्वेत व्यक्ति जर्ज फ्लोइडको ज्यादतीका कारण निधन भएपछि रंगभेद विरुद्ध आन्दोलन चर्किएका बेला राष्ट्रपतिले आन्दोलनकारीलाई पाखा लगाएर बाइबल लिएर फोटो खिचाउनका लागि चर्चमा गरेको भ्रमणको प्रमुख पादरीले आलोचना गरे । ट्रम्पले राष्ट्रपति कार्यालयबाट नजिकै रहेको आन्दोलनकारीलाई हटाइ [&hellip;]</p>

काठमाडाैं ।  वासिङ्गटनको क्याथोलिक चर्चका प्रमुख पादरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गम्भीर आलोचना गरेका छन् ।

प्रहरीकाे हिरासतमा अश्वेत व्यक्ति जर्ज फ्लोइडको ज्यादतीका कारण निधन भएपछि रंगभेद विरुद्ध आन्दोलन चर्किएका बेला राष्ट्रपतिले आन्दोलनकारीलाई पाखा लगाएर बाइबल लिएर फोटो खिचाउनका लागि चर्चमा गरेको भ्रमणको प्रमुख पादरीले आलोचना गरे ।

ट्रम्पले राष्ट्रपति कार्यालयबाट नजिकै रहेको आन्दोलनकारीलाई हटाइ बाइबल लिएर फोटो खिचाएका थिए । शान्तिपूर्ण प्रदर्शनमा रहेकाहरुलाई सुरक्षाकर्मीले जबरजस्ती हटाएकाे हुन् ।

राष्ट्रपतिको कार्य निन्दनीय रहेकाे भन्दै सेन्ट जोन पल द्वितिय नेशनल शरिनका प्रमुख पादरी विल्टन डी ग्रेगोरीले राष्ट्रपति ट्रम्पको भ्रमणलाई शक्तिको ‘दुरुपयोग’ र ‘म्यानुपुलेटेड’ कार्यको संज्ञा दिएका छन् ।

जर्ज फ्लोइडको निधनले अमेरिकामा संस्थागत रुपमा रहेको रंगभेद र अन्याय विरुद्धको आवाजलाई वुलन्द पारेको बताइन्छ।

४६ वर्षका फ्लोइडको निधनपछि प्रहरी ज्यादती र रंगभेद विरुद्ध अमेरिकाभर प्रदर्शन भइरहेको छ । विगत एक हप्तादेखि जारी प्रदर्शनले केही स्थानमा हिंसात्मक रुपमा पनि लिएको छ । (बीबीसी)

Share News