बैतडीको क्वारेन्टाइनमै एक युवतीको मृत्यु

<p>काठमाडौं । बैतडीमा क्वारेन्टाइनमा रहेकी एक युवतीको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्&#x200d;वारेन्टानमा बसेकी २२ वर्षीया महिलाको गए राती मृत्यु भएको हो । केही दिन अगाडी कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्किएकी हुन् । मृतक सहित संगै बसेका ४ जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको तयारी भइरहेको छ । मृतक [&hellip;]</p>


काठमाडौं । बैतडीमा क्वारेन्टाइनमा रहेकी एक युवतीको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्‍वारेन्टानमा बसेकी २२ वर्षीया महिलाको गए राती मृत्यु भएको हो ।

केही दिन अगाडी कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्किएकी हुन् । मृतक सहित संगै बसेका ४ जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको तयारी भइरहेको छ ।

मृतक भारतको पञ्जावमा मुटुरोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण बिगत १२ दिनदेखि औषधी सेबन नगरेको उनका श्रीमानले जनाएका छन् । उनी नेपाल आउनुअघि श्रीमानसहित भारतको पन्जाबमा बस्थिन्।

Share News