नेपालमा काेराेना संक्रमितकाे संख्या १५ सय नाघ्याे, २४ घण्टामा एक सय ६७ थपिए

<p>काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या १५ सय नाघेकाे छ । आईतबार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ सय नाघेकाे हाे । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप १ सय ६६ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । देवकोटा तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, [&hellip;]</p>

काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या १५ सय नाघेकाे छ । आईतबार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ सय नाघेकाे हाे । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप १ सय ६६ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् ।

देवकोटा तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका बताएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ जसमा दुई सय २० जना निकाे भएका छन् भने ८ जनाकाे मृत्यु भएकाे छ ।

 

Share News