आइतबार संसदमा संविधान संशाेधन विधेयक पेश गर्दै

<p>काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएका छन् । कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव आइतबार बिहान ११ बजे दर्ता गर्ने कार्यसूचीमा रहेकाे छ । जेठ ९ गते जारी गरिएकाे संविधान गत बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग गरेपछि स्थगित भएको [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएका छन् । कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव आइतबार बिहान ११ बजे दर्ता गर्ने कार्यसूचीमा रहेकाे छ ।

जेठ ९ गते जारी गरिएकाे संविधान गत बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग गरेपछि स्थगित भएको थियो ।

शनिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि संशोधन प्रस्ताव दर्ता हुने भएको हो । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा सरकारले जारी गरिसकेको छ ।

नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको हो । यस्तै आजदेखि बजेटमाथी छलफल हुने भएको छ भने विहिबार सार्वजनिक गरेको बजेटमाथि सांसदहरुले छलफल गर्ने छन् ।

Share News