इतिहासकै कठिन अवस्थामा आएको बजेट समग्रमा सन्तुलित- ग्रील तथा स्टील व्यवसायी

<p>काठमाडाैं । इतिहासकै कठिन अवस्थामा आएको बजेट समग्रमा सन्तुलित रहेकाे ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले जनाएकाे छ । अहिले सबैको जीवनसँग जोडिएको चासोको विषय भएको बेला स्वास्थ्य क्षेत्रमा केन्द्रीत भएर बजेटले प्राथमिकता दिए पनि कोरोनाको प्रकोप बढिरहेको अवस्था अझै अपुग देखिएकाे महासंघका अध्यक्ष मोहन कटुवालले बताएका छन् । देशमा भएका जनशक्तीको रोजगारिलाइ निरन्तरता दिँदै ठूलो सख्यामा रोजगारी [&hellip;]</p>

काठमाडाैं । इतिहासकै कठिन अवस्थामा आएको बजेट समग्रमा सन्तुलित रहेकाे ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले जनाएकाे छ । अहिले सबैको जीवनसँग जोडिएको चासोको विषय भएको बेला स्वास्थ्य क्षेत्रमा केन्द्रीत भएर बजेटले प्राथमिकता दिए पनि कोरोनाको प्रकोप बढिरहेको अवस्था अझै अपुग देखिएकाे महासंघका अध्यक्ष मोहन कटुवालले बताएका छन् ।

देशमा भएका जनशक्तीको रोजगारिलाइ निरन्तरता दिँदै ठूलो सख्यामा रोजगारी गुमाएर केही सीप सहित स्वदेश फर्कन लागेका युवाहरुलाई पनि रोजगारिमा जोड्न सक्ने कोरोनाको संक्रमणका कारण सन्कटमा परेको क्षेत्र घरेलु ,साना तथा मझौला उद्याेग व्यवसाय प्रवर्द्धनमा सोचे जस्तै आउन नसके पनि अहिलेको कठिन अवस्थामा जे जति बजेटमा घोषणा भएको कुराहरु ब्यवहारमा प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनी बताउँछन् ।

कोरोनाको कारण सन्कटमा परेको उद्याेगलाई सुरक्षीत अवतरण गर्न पुनर्कर्जा, करमा छुट कृषिमा आधारित उत्पादनलाई आत्मानिर्भर बनाउने कुरा, पर्यटन क्षेत्रलाई राहतको विद्युतमा डिमाण्ड चार्ज छुट, साना उद्याेगीलाई विद्युत महसुल केही छुट, स्वदेशी उद्याेगबाट उत्पादित वस्तुको प्रयोगलाई प्राथमिकता दिने गर्ने, ७५ लाखलाई सीपमूलक तालिम दिने १३० स्थानमा उद्याेग ग्राम स्थापना गर्ने निर्यातलाइ प्रोत्साहन गर्ने, महिला उद्यमीलाई प्रोत्साहन गर्ने जस्ता कुरा स्वागत योग्य छ भने पुर्वाधार विकासलाई निरन्तरता दिने कुरा राम्रो पक्ष हो । साथै, करको दर भन्दा दायरा बढाउने कुरा स्वागत योग्य रहेकाे उनकाे प्रतिक्रिया रहेकाे छ ।

‘सरकारले अनावश्यक  खर्चहरु कटौती गर्ने कुरा अत्यन्तै राम्रो पक्ष हो । बजेटमा छुट भएका केही स्टिमुलस प्याकेजहरु मौद्रिक नीतिले सम्बोधन गर्छ भन्ने विश्वास लिएका छौं ।’- उनले भने ।

Share News